काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा २,०२० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ८५९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ६९८, ललितपुरका ७९, र भक्तपुरका ८२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६२ हजार ५८३ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३९० पुगेको छ । पछिल्लो २४ घन्टामा ८७१ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने ४३ हजार ८२० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्