काठमाडौँ : अखिल क्रान्तिकारी झापाले रक्तदान गरेको छ । सङ्गठनको केन्द्रीय कार्यक्रमअनुसार अखिल क्रान्तिकारी झापाले असोज २ गते आम्दा अस्पताल दमकमा कार्यक्रम आयोजना गरी रक्तदान सम्पन्न गरेको हो ।
प्राप्त समाचारअनुसार अखिल क्रान्तिकारी मेची–कोसी क्षेत्रीय समन्वय समितिअन्तर्गत झापा जिल्ला समितिका संयोजक कुमार शाहीको नेतृत्वमा रक्तदान सम्पन्न भएको हो । कार्यक्रममा अखिल क्रान्तिकारीका नेता–कार्यकर्ता र सर्वसाधारण गरी ३० जनाले रक्तदान गरेका थिए ।
कोरोना भाइरसको सङ्क्रमणका कारण रक्तदान नहुँदा देशभर रगतको अभाव हुँदै गएको र रगतेको अभावका कारण कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर रक्तदान गरिएको संयोजक शाहीले बताए ।
अखिल क्रान्तिकारीले केन्द्रीय कार्यक्रम नै बनाएर देशभर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । अहिलेसम्म हजारौँ नेता, कार्यकर्ता र सर्वसाधारणले रक्तदान गरिसकेका छन् ।