पार्टी नीतिविपरीत काम गर्नेहरू नेकपाबाट निष्कासित

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले पूर्वजिल्ला सेक्रेटरी पासाङले पार्टी नीतिविपरीत, अनुशासनहीन गतिविधि गरेकाले भदौ १५ गते नै पार्टीबाट निष्कासन गरिएको जनाएको छ ।

नेकपाका मकवानपुर जिल्ला इन्चार्ज जमीनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका जिल्ला सदस्य जुरे घिसिङ (आपच्याङ) बाहेक आफ्नो पार्टीका कुनै पनि व्यक्ति आफ्नो पार्टीमा नरहेको र आपच्याङबाहेक कुनै पनि आफ्नो पार्टीमा नरहेको स्पष्ट पारेको छ ।
नेकपाका १३८ जना कार्यकर्ता पार्टी परित्याग गरी स्वतन्त्र भएको भन्ने समाचार भ्रमपूर्ण रहेको भन्दै नक्कली नाम पेस गरी चर्चा कमाउन गरिएको प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जमीनको विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तिमा पार्टी अनुशासनविपरीत कार्य गर्ने आपच्याङलाई पार्टीबाट निष्कासन गरिएको भन्दै अन्य कुनै पनि व्यक्ति नेकपामा नरहेको स्पष्ट पारिएको छ ।

तत्कालीन जिल्ला सेक्रेटरी पासाङले पार्टी नीति, विधि र अनुशासनविपरीत कैलास गाउँपालिका ५ अन्तर्गत साना युवा व्यवसायीको जेसीबी मेसिनमाथि कारबाही गरेको, उक्त कुरा पार्टीमा जानकारी नदिई आर्थिक अनियमितता गरेको, पार्टी सूचनालाई दुस्मनसँग पुर्याएको, सांस्कृतिक विचलन गरेको घटनाले यो एक प्रकारको क्रान्तिप्रतिको षड्यन्त्र र धोका भएको भन्दै उक्त व्यक्तिका बारेमा भ्रममा नपर्न जनतालाई अपिल गरिएको छ ।

‘हामीले पार्टी परित्याग गरेका छैनौँ’

यस्तै नेकपाका अनुले अर्को प्रेस विज्ञप्तिमा मनवानपुरका पूर्वसेक्रेटरी पासाङले बिनाकुनै जानकारी आफ्नो नाम पनि १३८ जनाभित्र समावेश गरेर पार्टी परित्याग गरेको भन्ने भ्रम दिन खोजेको भन्दै उक्त कुरा सरासर झूटो भएको बताएका छन् ।

रातो खबरलाई शनिवार नै प्राप्त भएको वक्तव्यमा पार्टीका इमानदार कार्यकर्तालाई भ्रम पार्ने उक्त समाचार भ्रमपूर्ण रहेको भन्दै अनुले आफूले पार्टीविपरीत कार्य नगरेको र आगामी दिनमा पनि नगर्ने उल्लेख गरेका छन् । साथै १३८ जनाले पार्टी परित्याग गरेको भन्ने समाचार आफ्नो मन्जुरीबिना नै प्रकाशित भएकोप्रति अनुले आपत्तिसमेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :