बाढीबाट कैलाली जलमग्न


काठमाडौँ : सोमबारदेखिको अविरल वर्षापछि कैलालीका भजनी नगरपालिका, टीकापुर, जोशीपुर र कैलारी गाउँपालिकाका बस्तीहरू डुबानमा परेका छन् । बस्तीभित्र बाढी पसेपछि करिब एक सय घरपरिवार प्रभावित भएका छन् । भजनी नगरपालिकाको वडा नम्बर २ को मोहनपुर, वडा नं. ३ को ढुसी गाउँ, वडा नम्बर ५ को फुलियापुर, कैलारी गाउँपालिकाको वडा नं. ५ को पलिया, जवदहुवा, रतनपुर, पवेरा, गोबरैला, हसुलिया र खोनपुर लगायतका गाउँमा बाढी पसेको छ । काँढा नदी, पथरैया नदी र घैला नालाको बाढी ती बस्तीहरूमा पसेको हो । यस्तै जोशीपुर गाउँपालिकाका वडा नम्बर १, ३, ४, ५, ६ र ७ का बस्तीहरू डुबानमा परेका छन् । बाढी पसेर जलमग्न भएका स्थानहरूबाट मानिसहरूलाई स्थानान्तरण गर्ने काम भइरहेको बताइएको छ । डुबानमा परी कुनै मानवीय क्षति नभए पनि वर्षा जारी रहेका कारण सतर्कता अपनाउन भनिएको छ ।

यसैबीच पहिरोमा पुरिएर दाङमा २ जनाको मृत्यु भएको खबर छ । गएराती बङ्गलाचुली गाउँपालिकामा गएको पहिरोमा परी मृत्यु हुनेमा २४ वर्षीया बाटुली नेपाली र उनकी २ वर्षीया छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :