प्रहरी प्रधान कार्यालयका २३ प्रहरीमा कोरोना सङ्क्रमण

काठमाडौँ : कोरोना भाइरस नियन्त्रण र रोकथामको कार्यमा सामाजिक सम्बन्धमा सबैभन्दा बढी रहने प्रहरीमा कोरोना सङ्क्रमणको जोखिम देखिएको छ । नेपाल प्रहरीको प्रधान कार्यालयमा पछिल्लो समय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसअघि प्रहरी कार्यालयमा सङ्क्रमण देखिएका ४ जनाको सम्पर्कमा आएकाहरूको परीक्षणका क्रममा थप सङ्क्रमित भेटिएका हुन् ।

उता स्याङ्जाका विभिन्न ठाउँमा रहेका प्रहरीहरू सङ्क्रमित भएका छन् । अहिलेसम्म स्याङ्जामा सङ्क्रमित हुने प्रहरीको सङ्ख्या ३९ पुगेको छ । मङ्गलबार मात्र स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १६ जना प्रहरी, एक थुनुवा र एकजना प्रहरीकी छोरीमा सङ्क्रमण पुष्टि भएको थियो ।

करिब एक सय जनाजना कार्यरत जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ठूलो जनशक्ति सङ्क्रमित भएको हो । सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासनले अघोषित रूपमा जिल्ला नै सिल गरेको छ । अत्यावश्यकबाहेक अन्य कामले बाहिर ननिस्कन भन्दै आवतजावतमा कडाइ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :