नेकपाका रोल्पा इन्चार्ज बिजुली बिरामी अवस्थामै गिरफ्तार

काठमाडौँ : नेकपाका महासचिव विप्लवले प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक कारबाही सुरु गर्न विशेष निर्देशन दिएकै भोलिपल्ट शुक्रबार प्रहरीले नेकपा रोल्पाका इन्चार्ज कमल थापा ‘बिजुली’ लाई गिरफ्तार गरेको छ । बिरामी भएर आराम गरिरहेको अवस्थामा रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ६ बाट दिउँसो प्रहरीले बिजुलीलाई गिरफ्तार गरेको बताइएको छ । हातको अप्रेसन गरेर आराम गरिरहेको अवस्थामा बिजुलीलाई बिनाकारण गिरफ्तार गरिएको समाचारमा जनाइएको छ ।

फरक राजनीतिक आस्था राखेकै कारण सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गरिरहेको भन्दै नेकपाले बिहीबार प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक कारबाही पुनः आरम्भ गर्ने सार्वजनिक गरेको थियो ।

कोरोना महामारीका कारण नेकपाले आफ्ना राजनीतिक गतिविधिबाहेक सबै आक्रामक कारबाही बन्द गरेको अवस्थामा पनि प्रहरीले नेकपाका नेता–कार्यकर्ता गिरफ्तार गर्न नछोडेपछि नेकपा आक्रोशित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :