कोरोना भाइरसका कारण २६ करोडले भोकमरीको सामना गर्नुपर्ने

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घले अहिलेसम्मकै ठूलो आर्थिक सहायताका लागि अपिल गरेको छ । विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध सङ्घर्ष गर्न १० अर्ब ३० करोड डलर सहायता रकम अपिल गरेको हो ।

महामारीकै कारण वर्षको अन्त्यसम्म २६ करोड ५० लाख मानिसहरूले भोकमरीको सामना गर्नुपर्ने चेतावनी दिँदै राष्ट्रसङ्घले सहायता रकम कमजोर आर्थिक आयस्रोत भएका देशहरूमा खर्च गर्ने बताएको छ ।

विश्वभरि फैलिएको महामारीलाई विकसित तथा धनी भनिएका देशहरूले आवश्यक सावधानी नअपनाउँदा भाइरस सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । यस्तै विकासोन्मुख र गरिब देशहरूमा पनि पर्याप्त मात्रामा स्वास्थ सेवा नपाउँदा भाइरसको सङ्क्रमण र मृत्युदर बढी हुनसक्ने देखिएको छ ।

यस्तै कारोना महामारीपछि गरिएको बन्दाबन्दीले व्यापारव्यवसाय धराशयी भएको भन्दै करोडौँ मजदुरहरूको रोजगारी गुमेपछि गरिब र मजदुरहरू समस्यामा पर्ने क्रम सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :