लाखौ विद्यार्थीको भविष्य अन्यौल भएको भन्दै यसको ब्यवस्थापन गर्न शिक्षक संगठनको माग

काठमाडौँ : अखिल नेपाल शिक्षक संगठनले संस्थागत विद्यालयको शिक्षक कर्मचारी तथा सामुदायिक विद्यालयमा कार्यरत नीजि स्रोतका शिक्षक कर्मचारीलाई यथाशक्य चाँडै तलबभत्ता खुवाउने प्रबन्ध मिलाउन सरकार लगायत सम्बन्धित निकायलाई आह्वान गरेको छ । संगठनले संस्थागत विद्यालयको शिक्षक कर्मचारी तथा सामुदायिक विद्यालयमा कार्यरत नीजि स्रोतका शिक्षक कर्मचारीलाई यथाशक्य चाँडै तलबभत्ता खुवाउने प्रबन्ध मिलाउन शिक्षा विज्ञान तथा प्रवृद्धि मन्त्रालय र शिक्षामन्त्रीको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार संगठनका महासचिव रमेश रुपाखेतीले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको लाचारी पनले गर्दा विद्यालयका शिक्षकहरुले तलबभत्ता नपाएको भन्दै यस समस्याको समाधान गर्न माग गरेका छन् । कोरोना भाइरस महामारी पछि सबै विद्यालयहरु बन्द अभिभावकहरु बालबालिकाको भविष्यप्रति चिन्तित देखिएको भन्दै विद्यार्थीको भविश्यमा यसको दीर्घकालिन असर पर्ने कुरा विज्ञप्तिमा जनाइएको छ ।

सरकार आफैले घोषणा गरेको विद्यालय शान्तिक्षेत्र भन्ने नाराबाट विचलित भएको भन्दै करिब ४ हजार सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाइएको अवस्थामा शहरका केही पहुचवाल र सुविधा सम्पन्न विद्यालयहरुले भर्ना समेत लिएको अवस्थामा सिमान्तकृत र ग्रामीण भेगका किसान, मजदुर लगायतका बालबालिका विद्यालय जानबाट बञ्चित छन् ।

शहर बजारका केही सिमीत विद्यार्थीहरुहरुले अनलाईन कक्षामा पहुच पुर्याए पनि शैक्षिक सत्र कहिलेबाट शुरु गर्ने र अन्त्य गर्ने कुनै टुङ्गो नभएको अवस्थामा लाखौ विद्यार्थीको भविष्य अन्यौल भएको पनि विज्ञप्तिमा जनाइएको छ । यस्तै गरी शिक्षक, कर्मचारीहरुलाई बेतलवी बिदादिने भन्ने भनाईबाट शैक्षिक आकाशमा कालो बादल मडारिएको भन्दै यसप्रति अखिल नेपाल शिक्षक संगठनको गम्भीर ध्यानाकर्षण भएको कुरा विज्ञप्तिमा उल्लेख छ ।

साथै प्यावसन र एनप्यावसनको पछिल्लो कदमबाट उत्पन्न समस्याको सामाधान वार्ताद्वारा गर्न र संस्थागत विद्यालयको शिक्षक युनियन (ISTU) ले उठाएका माग वार्ताको माध्यमबाट सम्बोधन गरी विद्यालय सञ्चालन गर्ने वातावरण तयार गर्न आग्रह गर्दै ४ बुंदे माग सार्वजनिक गरेको छ । विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :