काठमाडौँ : गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोले सिन्धुपाल्चोकको फुल्पिङका २ घर बगाएको छ ।
सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगाउँदा पाँच जना बेपत्ता भएका छन् ।
राति साढे १ बजेतिर वर्षासँगै झरेको पहिरोमा दुई घर बगाएको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए ।
पहिरोमा परी दुई घरका पाँच जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए । घटनाको विस्तृत विवरण आउँन भने बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्