जाजरकोटमा पहिरोले बगाएका १२ मध्ये ७ जनाको शव भेटियो

काठमाडौं : जाजरकोटको बारेकोटमा पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ जनामध्ये ७ जनाको शव भेटिएको छ । बाढीले बगाउँदा बेपत्ता भएका मध्ये बारेकोट गाउँपालिका ४ सार्की गाउँका ५२ वर्षीय गोपाल सार्की र उनको ११ वर्षका छोरा अर्जुन सार्की, २० वर्षीया डिल्ली सार्की, १८ वर्षका वीरेन्द्र सार्की र डिल्ली सार्कीसहित ७ जनाको शव भेटिएको छ । अबिरल बर्षापछि बिहीबार राति गएको पहिरोमा घर पुरिदा १२ जनालाई बगाएको थियो ।

लगातार परेको बर्षाको कारण तराई क्षेत्रका कैयौ भुभागहरु डुवानमा परेका छन् । बिहीबारदेखि शुरु भएको मनसुन चार दिनसम्म सक्रिय रहने भएकोले देशैभरी बाढी पहिरोको जोखिम उच्च रहेको छ । यसरी लगातार परेको पानीले जमिन गिलो हुने भएकोले पहाडि क्षेत्रमा पहिरोको उच्च जोखीम रहेको छ, भने तराईका विभिन्न क्षेत्रहरु डुबानको जोखिममा रहेका छन् । यस्तै नदीहरु पनि पानीको बहाव बढिरहेकोले नदीआसपासका बस्तीहरुमा बाढीको जोखिम बढेको छ ।

लगातार परेको बर्षाको कारण देशैभरी बाढीपहिरोबाट २५ जनाको ज्यान गएको छ भने ३७ जना अझै वेपत्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :