बैतडीमा गोली प्रहार गर्ने प्रहरीमाथि कारवाही गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बैतडीले प्रहरीले करण ऐरीलाई गिरफ्तार गर्न गोली प्रहार गरेको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बैतडी जिल्ला इन्चार्ज किरण र सचिव परिवर्तनले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी स्थानीय करण ऐरीलाई गिरफ्तार गर्न प्रहरीले गोली प्रहार गरेर राज्यले युद्ध चाहेको भन्दै उक्त घटनाप्रति खेद प्रकट गरेका छन् ।

विज्ञप्तिमा गिरफ्तार स्थानीय युवालाई अविलम्ब रिहाईको माग गर्दै गोली प्रहार गर्ने प्रहरीमाथि कडा कारवाहीको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :