अखिल (क्रान्तिकारी)द्धारा केन्द्रीय सदस्य गैरेलाई निष्काशन


काठमाडौँ : अखिल (क्रान्तिकारी)ले संगठनको मुल्य मान्यता र अनुशासन विपरीत काम गर्ने एक केन्द्रीय सदस्यलाई कार्वाही गरेको छ । क्रान्तिकारीले लुम्बिनी क्षेत्रीय समन्यव समिति अन्तर्गत रुपन्देहीमा कार्यक्षेत्र रहेका आफ्नो संगठनका केन्द्रीय सदस्य रमेश गैरेलाई संगठनको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको हो ।

बिहीबार अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो संगठनको क्रान्तिकारी मुल्य, मान्यता र आदर्शलाई पुर्णरुपमा लत्याएर साँस्कृतिक र संगठनात्मक रुपमा रुपान्तरणहिन तहमा पतन हुन पुगेकोले कार्वाही गर्नुपरेको जनाएका छन् ।साथै विज्ञप्तिमा ढकालले बलिदानीपूर्ण इतिहास बनाउदै अघि बढेको र बैज्ञानिक समाजवादी शिक्षाको लागि पेचिलो संघर्षमा रहेका क्रान्तिकारीहरुले बुर्जुवा पाखण्डका विरुद्ध क्रान्तिकारी फलामे अनुशासनलाई अवलम्बन गर्नुपर्ने कुरा उल्लेख गरेका छन । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :