नेता–कार्यकर्तालाई गिरफ्तार गराउन प्रहरीले बालबालिका प्रयोग गर्यो : नेकपा

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गराउन प्रहरीले सुराकीका रूपमा बालबालिकाको दुरुपयोग गरेको पाइएको जनाएको छ । जिल्लाका विभिन्न ठाउँमा नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता भेटिनसक्ने सम्भावित ठाउँहरूमा सादा पोसाकमा खटिने प्रहरी हबल्दार कर्णबहादुर ओलीले तुलसीपुरका दुईजना बालकलाई सुराकीका रूपमा प्रयोग गरेको पाइएको नेपाल कम्युनिस्ट पार्टी दाङले जनाएको छ ।

प्रहरी प्रशासनजस्तो राज्यको जिम्मेवार निकायलाई बालबालिकालाई प्रयोग गरी यस्ता गैरजिम्मेवार कार्य नगर्नसमेत नेकपा दाङले अनुरोध गरेको छ । साथै नेकपाले अभिभावकहरूलाई पनि सचेत रहन आग्रह गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी भगवानराजले बालबालिकाका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरूको ध्यानाकर्षण गराउँदै यस्ता गलत कार्यमा संलग्न व्यक्ति र निकायलाई सचेत गराउन जिल्ला पार्टीका तर्फबाट अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :