जनकपुरमा १७ पक्राउ/१५ जना रिहा

sandesh with pramila

रातोखबर संवाददाता/बर्दिबास, असार १६ : पहिलो र दोस्रो चरणको निर्वाचन खारेजी अभियानको क्रममा जनकपुर अञ्चलका विभिन्न जिल्लाबाट नेपाल कम्युनिस्ट पार्टीका १७ जना नेता–कार्यकर्ताहरु पक्राउ परेका नेकपा, जनकपुर ब्युरो कार्यालय सचिव राजु कार्कीले बताएका छन् । अझैसम्म रिहा नभएकाहरुमा केन्द्रीय सदस्य सन्देश पौडेल र अनेम संघ (क्रन्तिकारी) की केन्द्रीय सदस्य प्रमिला थिङ छन् । रिहा भएका १५ जनामध्ये धनुषा इन्चार्ज आदम कवारी, इन्द्रलाल शाह, मिथिला चौहान, जाहिर हुसेन छन् । त्यसैगरी सिन्धुली सेक्रेटरी हरिकृष्ण घिमिरे, जगत विक, डोरबहादुर राई, राधाकृष्ण उप्रेती , शिक्षक देवेन्द्र आचार्य, सुजन श्रेष्ठ, डिलबहादुर विक (बन्दीलाई भेट्न जाँदा पक्राउ गरिएको) छन् । त्यसैगरी सर्लाहीबाट मोहना सहनी र डिलबहादुर विक छन् । त्यसैगरी महोत्तरीका राजन बस्नेत र पानबहादुर लामा ‘तिलक’ छन् भने प्रकाश वली पनि रिहा भएको खबर छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :