नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको साधारण सभा १६ फेब्रुअरीमा हुने

पोर्चुगल : नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको दोस्रो बार्षिक साधारण सभा हुने भएको छ । सभा फेब्रुअरी १६ तारिखका दिन पोर्चुगलको राजधानी लिस्बनको आन्जोसमा अवस्थित एभरेष्ट रेष्टुरेन्टमा हुने भएको मोर्चाले जनाएको छ । 

यो अधिवेशनबाट जन प्रगतिशील मोर्चा पोर्चुगलले आगामी १ बर्षको लागि आफ्नो कार्ययोजना बनाउने भएकोले मोर्चाका युरोप क्षेत्रीय अध्यक्ष बिष्णु भुजेल र महासचिब डा. सुबर्ण सापकोटा लगायत मोर्चाका युरोप क्षेत्रका बरिष्ट नेताहरु पोर्चुगल आउने क्रम जारी छ ।

पोर्चुगलमा मोर्चा स्थापनाकालदेखि नै आम नेपाली श्रमिकका पक्षमा बुलन्द आवाज पार्दै आम जन समुदायबीच लोकप्रिय हुन सफल भएको छ । 

आगामी दिनहरुमा पनि मोर्चाले आफ्नो कार्ययोजनामा श्रमिक नेपालीहरुको हितमा काम गर्दै जाने र श्रमशोषक, मानवतस्करी गर्नेहरुलाई लक्षित गरी आफ्ना कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वनमा ल्याउने योजना रहेको समेत जानकारी गराएको छ ।

मोर्चाले ऊक्त कार्यक्रममा पोर्चुगलस्थित सम्पुर्ण सामाजिक संघ संगठन, पत्रकार, समाजसेवी लगाएत सम्पुर्ण नेपाली न्यायप्रेमी जनसमुदायलाई उपस्थित हुन हार्दिक आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :