एमसिसी विरुद्ध पाल्पाको बसन्तपुरमा जनसभा

काठमाडौँ : अमेरीकी हिन्दप्रसान्त रणनीति अन्तर्गतको विवादीत परियोजना एमसिसीको भण्डाफोर गर्न पाल्पाको बसन्तपुर डाँडामा बिहिबार बिरोध सभा सम्पन्न भएको छ । उक्त विरोध कार्यक्रममा बोल्ने बक्ताहरुले राम्राज्यवादको बढ्दो हस्तक्षेप र अतिक्रमण विरुद्ध न्यायप्रेमी देशभक्त जनताहरु एकजुट हुनुपर्ने बताए । राष्ट्रिय हित विपरित हुने सबैखाले राष्ट्रघाती सन्धी सम्झौताका विरुद्ध आन्दोलन गर्नुपर्ने भन्दै बक्ताहरुले सामाजिक दलाल पूँजीवाद र राष्ट्रिय आत्मसमर्पणवादका विरुद्ध शसक्त भण्डाफोर गर्नुपर्ने बताए ।
आकासको अध्यक्षता र निशानको संचालनमा सम्पन्न भएको उक्त विरोध सभामा नेकपाका पाल्पा सेक्रेटरी भुवन जीसी प्रमुख अथिति थिए । विरोधसभामा स्थानीय बुद्धिजीवी देव पौडेल, कोइली सामुदायीक बनका सचिव ऋषीराम थापा, राष्ट्रिय जनमोर्चाका प्रतिनिधी कमल थापा र स्थानीय बासिन्दा दिपक गिरीले सम्बोधन गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी बिरुद्ध देशैभरी बिभिन्न कार्यक्रमहरु गरिरहेको छ । एमसिसीको मुख्य उदेश्य दक्षिण एसियामा अमेरिकाले खडा गरेको हिन्दप्रशान्त रणनीतिलाई अर्थराजनीतिक मोर्चाबाट कार्यान्वयन गराउने उदेश्य भएको र यसले नेपाललाई अमेरिकी सैन्य गठबन्धनमा सहभागी बनाउने भन्दै नेकपाले यसको विरोध  गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :