नेकपाका ताप्लेजुङ इन्चार्ज तारा गिरफ्तार

दमन, गिरफ्तारीले इतिहासमा जनताको मुक्ति आन्दोलन नरोकिएको र नरोकिने भन्दै मेची कोशी ब्युरोद्वारा तुरुन्त रिहाइ गर्न माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मेची कोशी ब्युरो सदस्य तथा ताप्लेजुङ इन्चार्ज तारा थापालाई अपहरण शैलीमा विनाकारण प्रहरीले सोमबार गिरफ्तार गरेको छ ।

पार्टी संगठनको कामको सिलसिलामा हिजो झापाको दमकबाट अपहरण शैलीमा गिरफ्तार गरिएको जानकारी नेपाल कम्युनिस्ट पार्टी मेची कोशी ब्युरोले विज्ञतिमार्फत दिएको छ ।
ब्युरोका इन्चार्ज प्रतावले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै दमन, गिरफ्तारी, झुठ्ठा मुद्दा, चरम यातना, हत्या जस्ता कार्यले इतिहासमा जनताको मुक्ति आन्दोलन नरोकिएको र नरोकिने दावी गरेका छन् । उनले गिरफ्तार नेतालाई तुरुन्त रिहाइ गर्न जोडदार माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :