युवाहरुको प्युठानमा भेला

प्युठान : युवा संगठन नेपाल, प्युठानको दाेस्राे जिल्ला भेला मंगलबार सम्पन्न भएको छ । “संसारका श्रमिक तथा उत्पीडित युवाहरू एक होऔं ! एकीकृत जनक्रान्ति जिन्दावाद !! देशभक्त, लोकतान्त्रिक, वामपन्थी युवाहरू एकजुट होऔं ! राष्ट्रिय स्वाधीनताका लागि दलाल केपी सरकारको प्रतिरोध गरौं !!” भन्ने मूल नाराका साथ भएको भेलाले बसन्तको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी प्युठान जिल्ला सेक्रेटरी अजय, युवा सङ्गठन नेपाल, राप्ती ब्युरो इन्चार्ज अनिल र अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य याङक पुन लगायतले मन्तव्व राखेका थिए । वसन्तको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन प्रगतिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :