भ्रामक र कपोकल्पित अफवाहहरूको भ्रममा नपरौँ : अखिल (क्रान्तिकारी)


काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जवी ढकालले अखिल (क्रान्तिकारी) र यसको नेतृत्वले कुनै पनि मूल्यमा आफ्ना शैक्षिक एजेन्डाहरूलाई आर्थिक लेनदेनको विषयसँग साट्ने स्थितिको कल्पना गर्न पनि गर्न नसकिने बताएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘हालै सामाजिक सञ्जालमा चितवन मेडिकल कलेजका हाम्रो सङ्गठनको नेतृत्वले शैक्षिक एजेन्डा बेचेको भन्ने भ्रामक टिप्पणीहरू गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । अखिल (क्रान्तिकारी) र यसको नेतृत्वले कुनै पनि मूल्यमा आफ्ना शैक्षिक एजेन्डाहरूलाई आर्थिक लेनदेनको विषयसँग साट्ने स्थितिको कल्पना गर्न पनि गर्न सकिन्न ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपालको चिकित्सा शिक्षाको आन्दोलन अखिल (क्रान्तिकारी) र जनस्वास्थ्य महासङ्घको मुख्य पहल र नेतृत्वमा चितवन मेडिकल कलेजलगायत देशव्यापी रूपमा निरन्तर जारी रहेको विषय सर्वविदितै छ । नेपालको समग्र शैक्षिक आन्दोलन तथा चिकित्सा शिक्षाको आन्दोलनको एजेन्डालाई अन्य कुनै पनि विषयहरूसँग सम्झौता नगर्ने प्रतिबद्धता पनि गर्दछौँ । कुनै पनि प्रकारका राजनीतिक, साङ्गठानिक, सांस्कृतिक एवम् आर्थिक अराजकता हाम्रो पार्टी र सङ्गठनमा सैह्य नहुने विषय पनि स्पष्ट गर्न चाहन्छौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘पार्टीको विचार, मूल्य, मान्यता, आदर्श र संस्कृतिबाट विचलित भएका, पार्टीका विरुद्धमा दुस्मनसँग सुराकीका रूपमा काम गरिरहेका आफ्नो सक्कली अनुहारसमेत देखाउन नसक्ने सांस्कृतिक र नैतिक रूपले पतीत, पार्टी, आन्दोलन, नेतृत्वको उचाइबाट विक्षिप्त केही व्यक्ति र तत्वहरू योजनाबद्ध रूपमा हाम्रो सङ्गठन र नेतृत्वका विरुद्ध आफ्नो निहित स्वार्थ पूरा गर्न नक्कली आईडी र छद्म नामहरू प्रयोग गरी निरन्तर रूपमा सामाजिक सञ्जालहरूमा विषबमन गरिरहेका छन् । ती तत्वहरू क्रान्ति, पार्टी, नेतृत्व र विद्यार्थी आन्दोलनलाई बदनाम गर्ने षड्यन्त्रमा लागिरहेका छन् । नेपाली क्रान्ति र यसको नेतृत्वका विरुद्ध लागिपरेको दलाल केपी वली सरकारका एजेन्टहरूलाई क्रान्तिकारी आन्दोलनले उचित समयमा जबाफ दिने नै छ । हामी हाम्रो सम्पूर्ण सङ्गठन, शुभचिन्तक, समर्थकलगायत आमजनसमुदायलाई यस्ता भ्रामक र कपोकल्पित षड्यन्त्रमूलक अफवाहहरूको भ्रममा नपर्न आह्वान गर्दछौँ । पार्टी, आन्दोलन र क्रान्तिमा यस्ता खराब तत्वहरू आन्तरिक र बाह्य दुवैतिर हुने भएकाले यसबाट सचेत रहन र यसको कडा प्रतिवाद गर्न पनि आग्रह गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :