जिल्ला जनपरिषद पाल्पाको बैठक सम्पन्न

तानसेन : जिल्ला जनपरिषद पाल्पाको बैठक सम्पन्न भएको छ । जनपरिषद पाल्पाका प्रमुख मिन बहादुर आलेको अध्यक्षतामा सम्पन्न भएको बैठकमा नेकपाका पाल्पा जिल्ला इन्चार्ज प्रवीण र दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा लुम्बिनी संयोजक दिपबहादुर रसाईली अतिथिको रुपमा उपस्थित थिए । शनिबार सम्पन्न बैठकले बैज्ञानिक बन र सामुदायीक बनका नाममा बन विनास गर्ने कार्य भईरहेको भन्दै बनका कर्मचारी र बनब्यावसायीहरुलाई उक्त कार्य रोक्न चेतावनी दिएको छ । बैठकले महंगी, कालाबजारी, मिटर ब्याजे, लागु औषध, वेश्यावृतिका बिरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । साथै जनपरिषदले ब्यावसायी र उद्योगीहरुलाई दलाल सत्तालाई कर तिर्ने नभई जनताको आफ्नै सत्तालाई सपोट गर्न आह्वान गरेको छ ।

यसैबीच दलित मुक्ती मोर्चा जिल्ला समिति पाल्पाको बैठक सम्पन्न भएको छ । निरबहादुर विकको अध्यक्षतामा सम्पन्न बैठकमा अतिथिहरु प्रवीण, दिवबहादुर रसाईली, युवा संगठनका जिल्ला अध्यक्ष लिला सारु, अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष लंक राना उपस्थिति थियो । मानव कलंकको रुपमा रहेको छुवाछुद र भेदभावका विरुद्ध संघर्ष गर्ने तथा   यसकाे भण्डाफोर गर्ने निर्णय मोर्चाको बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :