एमसिसि सम्झौता विरुद्ध कैलालीमा प्रर्दशन

काठमाडौँ  : अखिल(क्रान्तिकारी) कैलालीले अमेरिकाद्वारा अगाडी बढाईएको इन्डोप्यासिफिक रणनीतिको अभिन्न अङ्ग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसिका विरुद्ध प्रदर्शन गरेको छ। कैलालीका विभिन्न स्कुल र क्याम्पसका विद्यार्थीहरुको सहभागीतामा विरोध प्रदर्शन गरिएको छ थियो । बिहिबार सम्पन्न विरोध सभामा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य बबरजङ्ग सिंह, कैलाली अध्यक्ष अध्यक्ष सुबास जोशीले सम्बोधन गरेका थिए । विरोध कार्यक्रममा अखिल( क्रान्तिकारी) कैलाली जिल्लाका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।
विरोध सभामा सहभागी विद्यार्थीहरुले राष्ट्रघाती एमसिसि खारेज गर सिमा अतिक्रमण बन्द गर जस्ता नारा लगाएका थिए ।

२०७६ पुष १८ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :