सुर्खेत घट्नाको निस्पक्ष छानविन गर्न नेकपाको अनुरोध

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले  सुरक्षा निकाय विरुद्ध हतियार उठाउने र फाईरिङ्ग गर्ने  आफ्नो पार्टीको निति नभएको प्रस्ट पारेको छ । बुधबार सुर्खेतमा विप्लवका कार्यकर्ता र प्रहरीबीच दोहोरो भिडन्त भनि प्रकाशित समाचारप्रति कुनै सत्यता नभएको नेकपाले जनाएको छ ।सो पार्टीका भेरी–कर्णाली ब्युरो इन्चार्ज रवीले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका कार्यकर्ता विश्वासलाई गिरफ्तार गर्न गएका प्रहरीसँग परिवार र जनताले प्रतिकार गर्दा प्रहरीले एकतर्फी गोली चलाएको उल्लेख गरेका छन् । विज्ञप्तिमा ब्युरो ईन्चार्ज रविले सरकार निशस्त्र जनतालाई शसस्त्र सेना देख्नु पराजयको पराकास्टा भएको भन्दै सरकार राज्यलाई गृहयुद्धमा धकेल्ने धृष्टता गरेको उल्लेख गरेका हुन ।
साथै उनले निशस्त्र जनतामाथि दमन गरेर दोहोरो भिडन्तको प्रचार गरिएको उक्त घटनाको वास्तविकता अध्ययनका लागि मानवअधिकारकर्मी, पत्रकार आम नागरिक समाजलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :