विप्लवले सम्झे माओ

काठमाडौँ : २६ डिसेम्बर (पुस १०)को दिन संसारका सबै क्रान्तिकारी कम्युनिस्ट र जनताले माओ त्सेतुङलाई सम्झेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले १२७ औं माओ दिवस बिहीबार मनाएका छन् ।

पार्टी महासचिव विप्लवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै विप्लवले माओका सैद्धान्तिक योगदानहरु, माओ र चिनियाँ क्रान्तिका शिक्षाहरु र एकीकृत जनक्रान्ति कार्यदिशाको अन्तरसम्बन्ध प्रष्ट पारेका थिए । महासचिव विप्लवले कार्यदिशाका पाँच आधारलाई माओका सिद्धान्तसँग कसरी जोडेर विकास गर्ने भन्ने सन्दर्भमा पनि मन्तव्य राखेका थिए ।

पार्टीका सचिवालय सदस्य सन्तोष बुढा, केन्द्रीय सदस्य विजय, जनमुक्ति सेना, पार्टी सदस्य र स्थानीय जनता सहभागी सो कार्यक्रमको सञ्चालन विजयले गरेका थिए । सहिदहरुप्रति श्रद्धाञ्जलीसहित सञ्चालित सो कार्यक्रममा सामूहिक रुपमा अन्तर्राष्ट्रिय गीत गाइएको प्रेषित समाचारमा जनाइएको छ । सो कार्यक्रममा जनमुक्ति सेनाको एक टुकडीले माओ त्सेतुङप्रति सलामी अर्पण गरेको थियो ।

कार्यक्रममा सहभागीहरुले गीत, गजल, कविता बाचन गरेका थिए । पार्टीको पूर्व निर्णय र निर्देशन अनुसार नेकपाले देशभरी १२७ औं माओ दिवस सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :