जनतामारा एनसेलको मेला पूर्णत बहिस्कार गरौं : नेकपा


काठमाडौँ : नेपाल कम्युुनिस्ट पार्टी रुपन्देहीले जनतामारा एनसेलले बुटवलमा पुस १२ गते एनसेल मेलाको आयोजना गरिरहेकोले जनतालाई लुट्ने र राज्यलाई करसमेत नतिर्ने दूर सञ्चार सेवा प्रदायक बहुराष्ट्रिय कम्पनी एनसेललाई पूर्णत बहिस्कार गर्न अपिल गरेको छ । रुपन्देही जिल्ला सेक्रेटरी विजयले बिहीबार एक प्रेस विज्ञप्ति निकाली एनसेलले राज्यलाई पूर्णत कर नतिरेसम्म कुनै पनि कार्यक्रम नगर्न जानकारी गराउँदै सम्पूर्ण देशभक्त जनतालाई एनसेलको कार्यक्रम बहिस्कार गर्न र सम्पूर्ण देशभक्त सेना प्रहरीहरुलाई एनसेललाई सुरक्षा नदिन समेत आग्रह गरेका छन् । उनले, यदि उक्त आग्रहलाई अटेरी गरी एनसेलले कुनै पनि कार्यक्रम गरेमा उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मा स्वंयम एनसेल नै हुने चेतावनीसमेत दिएका छन् ।

जिल्ला सेक्रेटरी विजयले विज्ञप्तिमा भनेका छन्, ‘उपरोक्त सम्बन्धमा हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी अधुरो क्रान्तिलाई पूरा गर्न एकीकृत जनक्रान्तिको महान कार्यदिशा बोकेर अगाडी बढिरहेको छ । एकातिर कम्युनिस्टको नाममा गैर कम्युनिस्ट र दलाल पुँजपतिहरुले सत्ताको आँडमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने र अर्कोतिर जनतामाथि असह्यै करको पीडादेखि भ्रष्टचारले थिलोथिलो बनाउने इतिहासकै लज्जित सरकार छ भने अर्कोतिर प्रतिबन्धलाई प्रतिरोध गर्दै जनताका मुद्दाहरु उठाउँदै हामी थप संघर्षमा लागिरहेको यहाँहरलाई विदितै छ ।’

सेक्रेटरी विजयले विज्ञप्तिको अगाडि भनेका छन्, ‘जनतालाई लुट्ने र राज्यलाई कर समेत नतिर्ने दूर सञ्चार सेवा प्रदायक बहुराष्ट्रिय कम्पनी एनसेललाई पूर्णत बहिस्कार गर्न हाम्रो पार्टीले यस अगाडि नै आम जनतालाई अपिल गरिसकेको छ । देशलाई अर्बौ रकम कर तिर्नुपर्नेमा भ्रष्ट नेता, कर्मचारी र अदालतलाई समेत प्रभावमा पारी कर नतिर्ने र अझ नयाँ नयाँ कार्यक्रम र जनता ठग्ने अफर देखाउँदै अझ लुट्ने काममा तल्लिन एनसेललाई हाम्रो पार्टीले पटकपटक कारबाही र कर तिर्न चेतावनी दिइराखेको छ । यसै सन्दर्भमा जनतामारा एनसेलले बुटवलमा आगामी पुस १२ गते एनसेल मेलाको आयोजना गरिएको सूचना प्राप्त भएको छ । हामी यसै विज्ञप्ति मार्फत एनसेललाई राज्यलाई पूर्णत कर नतिरेसम्म कुनै पनि कार्यक्रम नगर्न चेतावनी दिन चहान्छौ, साथै सम्पूर्ण देशभक्त जनतालाई एनसेलको कार्यक्रम बहिस्कार गर्न र सम्पूर्ण देशभक्त सेना प्रहरीहरुलाई एनसेललाई सुरक्षा नदिन समेत आग्रह गर्दछौं ।’

विजयले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘यदि हाम्रो आग्रहलाई अटेरी गरी एनसेलले कुनै पनि कार्यक्रम गरेमा यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मा स्वंयम एनसेल नै हुने चेतावनी समेत दिन चहान्छौं ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :