केन्द्रीय सदस्य उमा भुजेलसहित ९ जना गिरफ्तार


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा मेची–कोसी व्युरो इन्चार्ज उमा भुजेलसहित ९ जनालाई फरक फरक ठाउँबाट केपी–बादल गृह प्रशासनले गिरफ्तार गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा मेची–कोसी व्युरो इन्चार्ज उमा भूजेल, मेची–कोसी ब्युरो कार्यालय सचिव सुमन सिंह, मोरङ जिल्ला इन्चार्ज नरेश चौलागाई, क्षितिज पौडेल, नवराज नेपाल, दिपक आचार्य, जगतबहादुर पुलामी र गोविन्द कार्की लगायतलाई गिरफ्तार गरेको हो । उनीहरुमध्ये मोरङको सोमबारेबाट शुक्रबार र सुनसरीको चकरघट्टीबाट शनिबार बिहान गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :