सरकारी दमन र गिरफ्तारी विरुद्ध मन्चद्धारा प्रधानमन्त्रीको पुत्लादहन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्गसहित २१ जना नेताकार्यकर्ता गिरफ्तार गरेको विरोधमा जनगणतान्त्रिक सम्र्पक मञ्चले काठमाडौँमा प्रधानमन्त्री केपी ओलीको पुत्लादहन गरेको छ । विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ताको गिरफ्तारी विरुद्ध पुर्वघोषीत कार्यक्रम अनुसार मञ्चले बिहिबार काठमाडौँमा प्रधानमन्त्रीको पुत्लादहन गरेको हो ।
राजनैतिक कार्यक्रम गरिरहेका निशस्त्र व्यक्तिलाई घर घेरा हालि प्रहरीले गिरफ्तार गरेको भन्दै काठमाडौँका विभिन्न ठाउँमा केपी ओलीको पुत्ला दहन गरेको सम्र्पक मञ्चले जनाएको छ । सरकारी दमन र प्रतिबन्धको विरुद्धमा नेकपाले अघि सारेका विभिन्न खालका संघर्षका कार्यक्रमहरुलाई घनीभुत बनाउन आफुहरुले पनि संघर्षका कार्यक्रमहरु अघि बढाएको जनगणतान्त्रिक सम्पर्कमञ्चका केन्द्रीय सदस्य खेम प्रधानले बताएका छन् । नेकपामाथि लगार्ईएको प्रतिबन्ध फुकुवा र सरकारी दमन, गिरफ्तारी धरपकट बन्द नर्गदासम्म आफुहरुले संघर्षका कार्यक्रम जारी राख्ने प्रधानको भनाई छ ।
असोज ३० गते दाङको राजपुरबाट नेकपा केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज विरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, राप्ती ब्युरो सदस्यहरु सविन, युवा संगठन, नेपालका केन्द्रीय अध्यक्ष पाटन, राप्ती ब्युरो सदस्य सुन्दर, दाङ जिल्ला इन्चार्ज विक्रम, रोल्पा जिल्ला इन्चार्ज प्रयास, सल्यान जिल्ला इन्चार्ज विश्व, दाङ जिल्ला सेक्रेटरी प्रदिप, पश्चिम रुकुम जिल्ला सेक्रेटरी चन्द्र लगायत २१ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफतार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :