तनहुँ अदालतले रिहाको आदेश गरेका ३ जनालाई प्रहरीले लमजुङ पुर्यायो

काठमाडौं :अदालतबाट रिहा भएका नेकपा नेताकार्यकर्तालाई प्रहरीले धमाधम गिरफ्तार गरिरहेको छ । यसैबीच जनही १ हजार धरौटी बुझाएर जिल्ला अदालत तनहुँबाट रिहा भएका नेकपाका स्याङजा सेक्रेटरी सहित ३ जनालाई प्रहरीले गिरफ्तार गरी लमजुङ पु¥याएको छ । अदालतले रिहाको आदेश गरे लगत्तै प्रहरीले नेकपाका स्याङ्जा सेक्रेटरी गोकुल पराजुली, जिल्ला सदस्यद्वय सागर अर्याल र जीवन क्षेत्रीलाई पक्राउ गरेको हाे । जिल्ला अदालत तनहुँको आदेशमा धरौटी बुझाएर रिहा भएलगत्तै उनीहरुलाई प्रहरीले अदालत परिसरबाट बिहीबार पक्राउ गरेको हो । अदालतले उनीहरुलाई जनही रु १ हजार धरौटी बुझाएर तारेखमा रिहा गर्ने आदेश दिएको थियो । तर उनीहरुको विरुद्धमा जिल्ला प्रहरी कार्यालय लमजुङमा अर्को मुद्दा भएको भन्दै प्रहरीले पक्राउ गरी लमजुङ पठाइएको छ । अभद्र व्यवहारको मुद्दामा उनीहरुलाई गत असोज १५ गतेदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा राखिएको थियो । यसअघि उनीहरुलाई असोज १५ गते जिल्ला प्रशासन कार्यालय कास्कीको आदेशमा रिहा भएलगत्तै पुनः पक्राउ गरी तनहुँ ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :