नेकपाद्वारा देशका विभिन्न भागमा विरोधसभा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले शनिबार देशका विभिन्न ठाउँमा विरोध कार्यक्रम गरेको छ । असोज ३० गते गिरफ्तार भएका पार्टीका मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’, केन्द्रीय सदस्य सुवाससहित २१ जना र अन्य नेता–कार्यकर्ताको गिरफ्तारीको विरोधमा उक्त कार्यक्रम गरेको हो ।

कालीकोटबाट प्राप्त खबरअनुसार जिल्लाका विभिन्न स्थानमा सरकारविरोधी प्लेकार्डसहित प्रदर्शन गर्नुका साथै कोणसभा गरिएका छन् । दलाल फासिवादी सरकार मुर्दावाद ! हत्यारो केपी मुर्दावाद ! बिनाकारण गिरफ्तार गरिएका नेताहरू रिहा गर ! जस्ता नारा लेखिएका प्लेकार्डहरु हातहातमा बोकेर सडकमा ओर्लिएका थिए । पचाँलझरना, पलाता, राष्कोट, नरहरीनाथ, तिला शुभकालिका लगायतका ठाउहरुमा भब्य प्रर्दशन गरिएको थियोे । सभालाई नेकपाका जिल्ला इन्चार्ज बिराट, सेक्रेटरी रणदीप, दलित मुक्ति मोर्चाका शाहासी एरिया इन्चार्ज धरातल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

पचाँँलझरनामा आयोजित जनप्रर्दशनलाई सम्बोधन गर्दै सेक्रेटरी रणदीपले सामाजिक फासिवादी सरकारले सुखि नेपाल र समृद्धिको नारा दिएर देशलाई द्वन्दमा धकेल्न चाहेको दावी गर्नुभयो राष्ट्रियतालाई कुर्सि र स्वार्थसँग साटेर राष्ट्रियतामाथि धावा बोलेको आरोप लगाउनु भयो । बिनाकारण गिरफ्तार गरिएका नेता कार्यकर्तालाई ससम्मान रिहा नगरे बदला लिने चेतावनीसमेत दिए ।

यसैगरी जाजरकोट, कास्की, रुकुम, रोल्पा, सल्यान, झापा, भोजपुरलगायत जिल्लामा पनि विरोध प्रदर्शनहरू भएको नेकपाले जनाएको छ । यसअघि नेकपाले प्रधानमन्त्री केपी शर्मा वलीको पुतला दहन गरिएको थियो ।

२०७६ कार्तिक १० गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :