विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्द लगाउने सरकारी कदम गलत : बैद्य

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी–माओवादीका महासचिव मोहन बैद्य ‘किरण’ले सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनु गलत भएको बताएका छन् । बुधबार प्युठानमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बैद्यले भने –‘हामी सबै जनयुद्ध गरेको शक्ती हौ पछिल्लो समय सरकारले नेकपामाथि प्रतिबन्ध लगाएर सो पार्टीका नेताकार्यकर्ताहरुमाथि दमन र धरपकड बढाउँदै लगेको छ त्यसो गर्नु राम्रो होइन । विप्लवहरु एक राजनीतिक शक्ती भएका कारण राजनीतिक समस्याको समाधान राजनीतिक तरिकाले गर्नुपर्दछ ।’
कार्यक्रममा बोल्दै क्रान्तिकारी–माओवादीका महासचिव बैद्यले सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहालप्रति कसैको पनि विश्वास नभएको बताए । यस्तै समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्राईले कम्युनिस्ट सिद्धान्त भुलेको भन्दै बैद्यले भटराईको राजनीतिक जीवन समाप्त भैसकेको बताए । भटराईले कम्युनिस्ट सिद्धान्त छोडेर हिडेपछि उनको राजनीतिक जीवन सकिएको बताए । यस्तै वैद्यले वर्तमान केपी सरकार जनताको जनभावना अनुसार अघि बढ्न नसकेको बताए । उनले आउदो मंसिर १४ गतेको लागि घोषणा गरिएको उपनिर्वाचन शसक्त बहिस्कार गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :