२१ जना गिरफ्तार गरेको विरोधमा दाङका विभिन्न ठाउँमा नेकपाको कोणसभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’सहित २१ जना नेता तथा कार्यकर्ताहरूलाई बैठकबाट गिरफ्तार गरेको विरोधमा दाङमा कोणसभा सम्पन्न गरिएको छ ।
नेकपाका मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, राप्ती ब्युरो सदस्यहरु सविन, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन, राप्ती ब्युरो सदस्य सुन्दर, दाङ जिल्ला इन्चार्ज विक्रम, रोल्पा जिल्ला इन्चार्ज प्रयास, सल्यान जिल्ला इन्चार्ज विश्व, दाङ जिल्ला सेक्रेटरी प्रदिप, पश्चिम रुकुम जिल्ला सेक्रेटरी चन्द्र लगायत २१ जना नेता कार्यकर्तालाई राजपुर गाउँपालिका मुङग्रेठा भन्ने स्थानमा राप्ती ब्युरोको बैठक बसिरहेको स्थानबाट असोज ३० गते घर घेरा हालि प्रहरीले गिरफ्तार गरेको विरोधमा पार्टीले देशभर चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ । सोही संघर्षको कार्यक्रम अनुसार दाङको ५, ६, ११ र १२ नम्बर एरियामा कोणसभा गरिएको नेकपाले जनाएको छ ।
कोणसभामा बोल्ने वक्ताहरूले राजनैतिक बैचारिक काममा लागिरहेका नेताकार्यकर्तालाई संकटकालको झझल्को दिने गरि गरिएको गिरफ्तारीप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहा नगरिए कडा प्रतिरोध गरिने चेतावनी दिएका छन् । साथै बक्ताहरुले जनताको न्यायको आवाज बोल्ने आफ्ना नेता कार्यकर्ताहरुलाई लगाइएको झुठ्ठा मुद्दा खारेज गरि अविलम्ब रिहा गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :