सरकारी दमन र गिरफ्तारी विरुद्ध नेकपाद्धारा ओलीको पुत्लादहन

 काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्गसहित २१ जना नेताकार्यकर्ता  गिरफ्तार गरेको विरोधमा नेकपाले देशैभरी प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । आफना नेताकार्यकर्ताको गिरफ्तारी विरुद्ध पुर्वघोषीत कार्यक्रम अनुसार नेकपाले बिहिबार देशैभरी प्रधानमन्त्रीको पुत्लादहन गरेको हाे ।
राजनैतिक कार्यक्रम गरिरहेका निशस्त्र व्यक्तिलाई घर घेरा हालि प्रहरीले गिरफ्तार गरेको भन्दै  नेकपा दाङले आठ ठाउँमा केपी ओलीको पुत्ला दहन गरेको जनाएको छ । सरकारी दमन र प्रतिबन्धको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको नेकपाले आफ्ना नेता कार्यकर्ता रिहा नगर्दासम्म संघर्ष जारी राख्ने र कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ । दाङ लगायत रोल्पा, रुकुम, कास्की, कालिकोट,कैलाली, काठमाडौँ, झापा लगायतका विभिन्न ठाउँमा पनि गिरफ्तारी विरुद्ध पुत्ला दहन गरिएको खबर छ ।
असोज ३० गते दाङको राजपुरबाट नेकपा केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज विरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, राप्ती ब्युरो सदस्यहरु सविन, युवा संगठन, नेपालका केन्द्रीय अध्यक्ष पाटन, राप्ती ब्युरो सदस्य सुन्दर, दाङ जिल्ला इन्चार्ज विक्रम, रोल्पा जिल्ला इन्चार्ज प्रयास, सल्यान जिल्ला इन्चार्ज विश्व, दाङ जिल्ला सेक्रेटरी प्रदिप, पश्चिम रुकुम जिल्ला सेक्रेटरी चन्द्र लगायत २१ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफतार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :