युरोपमा शरणार्थी सङ्कट

image

शनिबारबाट शरणार्थी फिर्ता पठाउन सुरु गर्ने भनिए पनि ग्रिसले सो काम शुरु गर्न नसकिएको जनाएको छ । युरोपको शरणार्थी सङ्कट समाधान गर्नको लागि शरणार्थी फिर्ताको निर्णय लागू गर्न कोसिस गरिरहेको जानकारी पनि ग्रिसले ईयू मुख्यालयलाई गराएको छ । गत साता अंकारा र ब्रसेल्सको बीचमा भएको भद्र सहमतिअनुसार जो प्रवासीहरू ग्रिसको आइसल्यान्डमा प्रवेश गर्छन्, तिनीहरूलाई टर्की फिर्ता पठाउनुपर्ने थियो । त्यसपछि सबै सिरियालीहरूलाई टर्कीमा ईयूको व्यवस्थापनमा नयाँ शिविरमा बसाउने पूर्वसहमति थियो । सम्झौताको मुख्य उद्देश्य युरोप घुस्नबाट शरणार्थीलाई रोक्नु र शरणार्थीको बहानामा हुने तस्कारी नियन्त्रण गर्नु भनिएको छ । तर युरोपका अधिकारकर्मीहरूले युरोपेली सङ्घको त्यो निर्णयको विरोध गरेका छन् । त्यसक्रममा युरोपका विभिन्न देशमा अधिकारकर्मीहरू सडकमा ओर्लिएर विरोध प्रदर्शन गरेका छन् । उता ग्रिसका प्रधानमन्त्री एलेसिस सिप्रासले आफ्ना मन्त्रीहरूलाई शनिबार मध्याह्नबाट काम थाल्न निर्देशन दिएका छन् । तर ग्रिसका अधिकारीहरूले शरणार्थीहरूलाई टर्की फिर्ता गर्न समय लाग्ने बताएका छन् । ‘‘सम्झौताअनुसार ग्रिसको आइसल्यान्ड पुगेका नयाँ सबैलाई टर्की फिर्ता पठाइनेछ’, ग्रिस सरकारका प्रवासीसम्बन्धी नीति विभागका संयोजक जिओर्जी क्यारिस्टरिसले भनेका छन् । २४ घन्टामा त्यो निर्णय लागू गर्नु सकिन्न । अहिलेसम्म मूर्त योजना बनिसकेको छैन । सम्झौता लागू गर्नुभन्दा पहिले शुक्रबारको दिन मात्र १,५०० जना प्रवासीले एजेन आइसल्यान्ड पार गरेका थिए । ग्रिसका अधिकारीहरूले के पनि दाबी गरेका छन् भने अघिल्लो दिनमात्र दोब्बर र त्यसपूर्व सयौँ शरणार्थी टर्की र ग्रिसको सीमा पारेर गरेर ग्रिस प्रवेश गरेका थिए ।

टर्कीको एनारोलिया एजेन्सीको प्रतिवेदनअनुसार सम्झौता हुनुभन्दा अगाडि टर्कीको सामुद्रिक तटमा ४ महिने बच्चाको डुङ्गा दुर्घटनामा मृत्यु भएको थियो । त्यो समाचारले संसार नै द्रवीभूत भएको थियो । सिप्रासका अनुसार युरोपेली आयोगका प्रमुख जिन क्लाउड जुङ्केरद्वारा जोड गरिएको र सयौँ सुरक्षा तथा कानुनी विशेषज्ञहरू ग्रिस पुग्न तयार छन् । पेरिस र बर्लिनको संयुक्त पत्रअनुसार ग्रिसमा ६ सय प्रहरी र शरणार्थी शिविर विशेषज्ञ ग्रिसका अधिकारीहरूले अनुरोध गरेका छन् । उनीहरू थप जनशक्तिका लागि प्रतीक्षारत छन् । यद्यपि ग्रिसले एक्लै पनि सहमति कार्यान्वयन गर्न मेहनत गरिरहेको छ ।

सहमति कसरी कार्यान्वयन होला भन्नेमा ग्रिसका अधिकारीहरू प्रस्ट छैनन् । उनीहरू एक्लैले सहमति कार्यान्वयन गर्न असम्भव ठान्छन् । त्यसलाई एकजना ग्रिस प्रहरी अधिकारीले पनि पुष्टि गर्न खोजेका छन् । ‘हामी प्रक्रिया अघि बढाउन चाहन्छौँ । तर कानुन व्यवसायी, प्रहरी अधिकारी, दोभासे धेरै कुराको खाँचो छ । हामीले यत्रो काम एक्लै फत्ते गर्न सम्भव छैन’, एक ग्रिस अधिकारीले भनेका छन् ।
जर्मन चान्सलर एन्जेला मार्केलका अनुसार यथार्थमा ४ अगस्टमा पनि शरणार्थीहरू ग्रिस फिर्ता भैसक्ने छैनन् । अधिकारीहरूका अनुसार शरणार्थीको ओइरोले युरोपलाई तर्साइरहेको छ । शनिबारसम्मको सूचनाअनुसार ग्रिसमा ४७,५०० विदेशीहरू रहेका थिए । जसमा ८,२०० आइसल्यान्डमा र १०,५०० जना आइडोमेनी शिविरमा रहेका थिए । जुन माकएडोनियन सीमामा पर्दछ । गतवर्ष मात्र १० लाख शरणार्थी युरोप पसेका थिए । तीमध्ये अधिक सङ्ख्या सिरिया, अफगानिस्तान र अन्य पश्चिमएसियाका देशबाट युद्ध र भोकमरीका कारण विस्थापित भएका थिए ।
गत वर्षमात्र असुरक्षित यात्राका कारण ४ हजार शरणार्थीको डुबेर मृत्यु भएको थियो । तीमध्ये ४०० जना एजेनमा डुबेर मृत्युको मुखमा पुगेका थिए । पहिलेदेखि नै ग्रिसमा रहेका एकजना महिला शरणार्थी फतिमाले भनिन्, ‘हामी भाग्यले साथ दिएर समयमै यहाँ आइपुग्यौँ ।’ फतिमा उनकी १३ वर्षीया छोरीसहित अरू २५०० शरणार्थी ग्रिसको लेसगेस बन्दरगाह नजिकको शिविरमा बस्छन् । लेसगेस बन्दरगाहमा भाडा तिरेर शिविरसम्म पुग्न चाहने शरणार्थीलाई अहिले ग्रिस सरकारले पछाडि नै धकेलिरहेको छ । शरणार्थीहरू भने आइसल्यान्ड कटेर ग्रिसको भित्री भागमा प्रवेश गर्न चाहन्छन् । ग्रिसबाट युरोपका अन्य देशमा फैलन सहज हुने गर्दछ । तर युरोपेली युनियनले ती शरणार्थीलाई ग्रिसमै रोक्न चाहन्छ ।
इटालीका तटरक्षकहरूले ९०० भन्दा बढीको उद्धार गरेका छन् । उता लिबियाका अधिकारीहरूले चारवटा डुङ्गाबाट ६०० जनालाई उद्धार गरेका छन् । लिबियाका जलसेना प्रवक्ताले ४ जना महिलाको समुद्रमा तैरिरहेको लास उद्धार गरेको बताएका छन् । त्यस्तै दाबी इटालीका उद्धार विभागका अधिकारीले पनि गरेका छन् । उनीहरूले यो स्थितिलाई दोस्रो विश्वयुद्धपछिकै खराब स्थिति भनेका छन् ।
(यो समाचार विश्लेषण २१ मार्च २०१६ तदनुसार ८ चैत २०७२ को ‘चाइना डेली’ मा प्रकाशित थियो । युरोपमा शरणार्थी सङ्कट बढ्दै गएको सन्दर्भमा समसामयिक ठानी प्रकाशित गरिएको छ ।)
अनुवाद : करणसिं बडाल
रातो खबर साप्तहिक अंक ४४ बाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :