रामेछापको वडा कार्यालयमा सिलिण्डर बम विस्फोट

रामेछाप : रामेछापको खाँडादेवी गाउँपालिका ३ भिरपानीस्थित वडा कार्यालयमा सिलिण्डर बम विस्फोट भएको समाचार प्राप्त भएको छ । शुक्रबार राति अज्ञात समूहले गराएको विस्फोटपछि वडा कार्यालयको कम्प्युटर, कागजातसहित सामान जलेर नष्ट भएका छन् । अज्ञात समुहले वडा कार्यालयको भवनमा गाडीको पुरानो टायरको बीचमा भरेको सिलिण्डर ग्यास राखेर आगो लगाएको जानकारी स्थानीयले दिएका छन् । सिलिन्डर ग्यास विस्फोट हुँदा वडा कार्यालयको भवन पनि चर्किएको छ । 

२०७६ साउन १८ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :