बम र विकलाई गिरफ्तार गरी वेपत्ता, नेकपाद्वारा तुुरुन्त रिहाइको माग

कैलाली : नेपाल कम्युनिस्ट पार्टीका कैलाली जिल्ला सदस्य बन्दु बमलाई शुक्रबार चौमलाबाट र शनिबार विहान जिल्ला सदस्य तथा जानकी गाउँपालिका इन्चार्ज राम विकलाई केपी–बादल गृह प्रशासनले गिरफ्तार गरी वेपत्ता बनाएको कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले बताएका छन् ।

सामाजिक फासिवादी केपी–पिके सरकारले पार्टीकामको सिलसिलामा खटिरहेको अवस्थामा विभिन्न ठाउँबाट जिल्ला सदस्य बन्दु बम र राम विकलाई गिरफ्तार गरी वेपत्ता बनाएकोप्रति कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले घोर भत्र्सना गरी तुरुन्त स–सम्मान रिहा नगरे कडाभन्दा कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

२०७६ साउन १८ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :