कसका लागि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र

कविता

केहो प्रजान्त्र, लोकतन्त्र के हो गणतन्त्र बुझ्न गर्होछ यहाँ ।
सत्ताधारी दलले आफ्ना स्वार्थमा सुरक्षा अङ्ग लादि रहेछन जहाँ ।।
सोझा—साझा जनताहरुलाई कहाँ के हुने हो थाहा छैन ।
दिन दिनै सड्कमा मारिएका छन जनता गोली चलाईन्छ जहाँ ।।
सुरक्षाको अङ्गले सानोनितो आन्दोलनमा जनता मथि गोली चलाउ छन ।
प्रजानन्त्र र गणतन्त्रको उल्घन गरी सोझा जनताको हत्या गराउछन ।।
कसलाई आयो गणतन्त्र लोकतन्त्र र प्रजातन्त्र कुसीमा वस्ने सत्ताधारीलाई ।
मारिन्छन दिनहुँ जनताहरु सडकमा खोजी वास्ता छैन यहाँ कसैलाई ।।
रिसिवीको आधारमा मान्छे मारिन्छन वास्ता छैन यहाँ मानव अधिकारलाई ।
अन्ययको विरोधमा जनताहरु उत्रन्छन ढल्नु पर्छ सडकमा गोली खाई ।।
छैन यहाँ जनतालाई न्याय छैन यो देशमा जनतालाई सुरक्षा ।
अन्ययको विरोध गर्दा ज्यान जान्छ कसलाई आयो प्रजातन्त्र गणतन्त्र ।।
सडकको हालत खराव छ दिनहुँ गाडी पल्टी रहेका छन ।
कुसीमा वस्ने सरकारी तत्व हुस्कीको वोतलको तालमा सम्वेदना दिन्छन ।।
वास्ता छैन यातायात कार्यालयलाई मौन छन वनाइएका समितीहरु ।।
जनता मरेर के भयो आफु मोजमस्ति गर्न पाएपुग्छ नेताहरु ।
यस्तो देशमा संघिय लोकतन्त्र, गणतन्त्र, समाजवाद ल्याएका छन रे ।।
नेताहरु सरकारमा सुखभोग जनताहरु सड्कमा कुन वेला हो मर्ने ।।
गरिवका छोराछोरी सेना, प्रहरी सुरक्षा खडा गरी लड्न पठाएकैछन ।
आफु चिप्ला गाडीमा अघिपछि लगाई भाषण ठोक्दै हिडि रहेकाछन ।

२०७६ साउन १८ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :