नेता विश्वलाई सर्वोच्च अदालतद्वारा रिहा गर्न आदेश

काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टीका राप्ती व्युरो सदस्य लालबहादुर ओली ‘विश्व’लाई सर्वोच्च अदालतले रोल्पा जिल्ला अदालतका जिल्ला न्यायाधीशको रोहवरमा तत्काल रिहा गर्न आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै प्रहरीले लगाएको आरोप पुष्टि नभएको भन्दै शुक्रबार रिहा गर्न आदेश दिएको हो ।

रिट निवेदनमाथि शुक्रबार भएको बहसमा माननीय न्यायधिस इश्वरप्रसाद खतिवडा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले लालबहादुर ओली अपराधिक कार्यमा संलग्न नरहेको ठहर गर्दै रिहा गर्न आदेश दिएको हो । प्रवृत्त धारणा राखी गैर कानुनी तवरले थुनामा राखेको भन्दै सर्बोच्चले थुनामुक्त गर्न आदेश दिएको छ ।

गत बैशाख ६ गते पार्टी कामका खटिरहेका बेला तुलसीपुर उप–महानगरपालिका–३ स्थित राम्रीबाट गिरफ्तार ४८ वर्षीय लालबहादुरलाई राज्यले प्रहरी हिरासतमा गैरन्यायिक तरिकाले थुनामा राखेको जनाउँदै तत्काल रिहाइको मागसहित लालबहादुर पुत्र विनोद ओलीले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।

सर्वोच्च अदालतमा शुक्रबार भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि निवेदकका पक्षमा अधिवक्ता कान्तिराम ढुंगानाले बहस गरेका थिए ।

सर्वोच्च अदालतको आदेश पत्र …

२०७६ साउन १० गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :