जनअधिकार अभियान नेपालद्वारा पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न


पोखरा : जनअधिकार अभियान नेपालद्वारा आयोजित ‘वर्तमान राजनीतिक परिस्थिति र मानवअधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भएको छ ।

पत्रकार महासंघ कास्कीको सभाहलमा भएको कार्यक्रममा बिभिन्न बुद्धिजीवी, राजनीतिक कर्मी, मानवअधिकारकर्मी, कानूनबिद्, पत्रकार आदिको बाक्लो उपस्थिति रहेको थियो ।


कार्यक्रममा बरिष्ठ अधिवक्ता एकराज भण्डारी, मानवअधिकारकर्मी टेकनाथ बराल, बरिष्ठ लेखक तथा विश्लेषक नरेन्द्र जंग पीटर, कानूनविद् तथा नेपाली कांग्रेशका नेता यज्ञबहादुर थापा, राजनीतिक कर्मी झलकपाणी तिवारी, कानूनविद् तिलक पराजुली, अधिकारकर्मी सन्तोष काेइराला लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

उक्त कार्यक्रममा बोल्दै वक्ताहरूले नेपालको राजनीतिलाई निकै गम्भीर रुपमा लिइएको साथै सरकार असफलता तीर गइरहेको र सरकारले फासिवादी कदम चाल्दै नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउँदै नक्कली मुठभेड भन्दै जनहत्या गरेको आरोप लगाएका थिए । एउटा राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाउनु सरकारको गलत कदम रहेको जिकिर समेत गरेका थिए । त्यस्तै सरकार र नेकपा वार्तामा आउन सरकारले सहजता अपनाउनु पर्ने साथै बार्ताकालागि अनुकूल वातावरण लागु गर्नु पर्ने वक्ताहरुको भनाई थियो ।

२०७६ साउन १० गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :