अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीे जिल्लामा प्रतिबन्धित अवस्थामा पनि आफ्नो संगठन विस्तार कार्यलाई तिव्रतापुर्वक अगाडि बढाइरहेको छ ।
यसैबीच अखिल (क्रान्तिकारी) अर्घाखाँचीले ‘कम्युनिस्ट विद्यार्थी अभियान –२’ को जिल्लाको सितगंगा नगरपालिका वडा नं. ४ को दुम्केबासमा उद्घाटन गरेको छ ।
उद्घाटन शत्रलाई सम्बोधन गदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का जिल्ला अध्यक्ष विष्णु राउतले नेपालमा हुने खानेकालागि शिक्षा भएता पनि गरिब दुःखी जनताकोलागि नहुने बताउदै आफुहरु वैज्ञानिक शिक्षाको पक्षमा रहेको बताएका थिए ।
२०७६ असार ३१ गते मंगलबार प्रकाशित