त्रिशुली नदीमा ट्रक खस्दा दुइ जनाको मृत्यु, एक घाइते


काठमाडौं : चुम्लिङटार त्रिशुली नदीमा विहान ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । शुक्रबार पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छा कामना–३ चुम्लिङटारमा ट्रक नदीमा खसेको थियो ।

बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छा कामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घाइतेको उपचारकालागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रहरीका अनुसार घाइते र मृतक दुवैको परिचय खुलेको छैन । अहिले नदी किनारबाट मृतकको शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । थप विवरण भने आउन बाँकी छ ।

२०७६ असार २० गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :