नेकपाद्वारा मेचीदेखि महाकालीसम्मा एक साथ मशाल जुलुस, बदला लिने चेतावनी


काठमाडौं : केपी सरकारले आफ्नो पार्टीका राजनीतिक कार्यक्रमहरुमाथि प्रतिबन्ध लगाएर निरन्तर हत्या, दमनमा उत्रिएपछि नेपाल कम्युनिस्ट पार्टी आक्रोशित बन्दै गएको छ । यहि असार १६ गते आफ्नो संगठन सुदृढ तथा बिस्तार अभियान संचालन गर्ने क्रममा संखुवासभा सिलिचोङ गाउँपालिका पुगेका आफ्ना निहथ्था कार्यकर्तामाथि गोली प्रहार गरी दमन गरेपछि त्यसको बिरोधस्वरुप नेपाल कम्युनिस्ट पार्टीले १९ गते देशभर मशाल जुलुस प्रदर्शन गरेको छ । सोही क्रममा मशाल जुलुसको पहिलो दिन १९ गते मेची–कोशी ब्युरोदेखि पश्चिम सेती–महाकाली व्युरोमा एकसाथ मशाल जुलुस सम्पन्न भएको छ ।

मशाल जुलुस ताप्लेजुङका २ स्थानमा, पाँचथरको १ स्थानमा, इलामको ३ स्थानमा, दक्षिणी इलामको १ स्थानमा सम्पन्न भएको छ । त्यस्तै यता झापामा पनि मशाल जुलुस सम्पन्न भएको छ । झापाको सदरमुकाम भद्रपुरमा, हल्दिबारी गाउँपालिकामा, बार्हदशी गाउँपालिकामा गरेर मशाल जुलुसको पहिलो दिन झापाका ३ स्थानमा मशाल जुलुस सम्पन्न भएको छ । त्यस्तै मोरङमा पनि मशाल जुलुस सम्पन्न भएको छ । मोरङ बुढीगंगा गाउँपालिकामा, कानेपोखरी गाउँपालिकामा र रतुवामाई नगरपालिका गरेर ३ स्थानमा मशाल जुलुस सम्पन्न भएको छ । त्यस्तै उता ब्युरोको सुनसरी जिल्लामा पनि मशाल जुलुस भएको छ, धरान र दुहबी सहित २ स्थानमा मशाल जुलुस सम्पन्न भएको हो । त्यस्तै उत्तरी मोरङमा पनि जुलुस भएको छ ।

त्यसैगरी नेकपाले असार १९ र २० गते देशव्यापी रूपमा मशाल जुलुस प्रदर्शन गर्ने र २१ गते देशव्यापी विशाल जनप्रदर्शन गर्ने निर्णय अनुसार सेती–महाकालीको पनि सबै जिल्लाहरुमा १९ गते मशाल जुलुस प्रदर्शन गरेको समाचार प्राप्त भएको छ ।

 

मशाल जुलुस पछिको कोणसभामा अधिकांश नेताहरुले केपी ओलीको फासिवादी दमनको बिरोध गर्दै यसको डटेर प्रतिवाद गर्ने चेतावनी दिएका छन् । उनीहरुले भने, सरकारले आफ्नो रबैया नसुधारे मुख्य ठाउँमै प्रतिरोध गरेर बदला लिइने छ । आफ्नो शान्तिपुर्ण राजनीतिक कामहरुमाथि प्रतिबन्ध लगाएर आफ्नो कर्तुत ढाकछोप गर्न खोजेको केपी सरकारको हिम्मत भएदेखि प्रतिबन्ध फुकुवा गरी राजनीतिक प्रतिस्पर्धामा आउनसमेत नेकपाका नेताहरुले चुनौती दिएका छन् । भ्रस्टाचार, कालोबजारी, माफियागिरी, लुट, दलाली गरेर देश बर्बाद पार्नेहरु बिरुद्ध नेकपाले खबरदारी गरेकै हुनाले सरकार शृङ्खलाबद्ध दमन र हत्यामा उत्रन थाल्नुले सरकार कसको हो भन्ने भ्रममा अब जनता नरहेको र जनताले अब दलाल पुँजीवादी संसदीय सत्तालाई खरानी पार्ने गरी आन्दोलन गर्ने बताएका छन् ।

२०७६ असार २० गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :