नियुक्ति तत्काल खारेज गर्न नगरपालिकालाई नेकपाद्वारा चेतावनी (विज्ञप्तिसहित)


दमक : नेपाल कम्युनिस्ट पार्टी दमक नगर कमिटीले दमक नगरपालिकाले हालै गरेको कर्मचारी नियुक्तिको बिसयमा गम्भीर आपत्ति जनाएको छ । पार्टीका दमक नगर सेक्रेटरी समीरले मंगलबार विज्ञप्ति जारी गरि नगरका उपप्रमुखदेखि वडाका नेता सम्मले आफ्ना नातावादका आधारमा स्वास्थ्य सहायक, स्टाफ नर्स लगायतका कर्मचारी आफूखुसी नियुक्ति गरेकाले सो भर्ना कार्य तत्काल सच्याउन माग गरेको छ ।

विज्ञप्तिमा दमक नगरपालिकाले हालै भर्ना गरेको कर्मचारी पदपूर्तिको नाममा उपप्रमुखदेखि सत्तापक्षका जिम्मेवार कार्यकर्ताले आफन्त र आसेपासेलाई बिना प्रक्रिया ठाडो नियुक्त गरेको र उक्त कार्य दमक नगरपालिकाको स्वार्थमा सीमित नभएर दलाल संसदीय व्यवस्था तथा कथित समाजवाद उन्मुख सरकारको चरित्रको प्रतिबिम्ब भएको भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, नगरपालिकाले भर्ना गरेको उक्त नियुक्ति कार्य तत्काल खारेज गरी सर्वस्वीकार्य विधिमार्फत कर्मचारी नियुक्ति गर्न मागसमेत अघि सारेको छ ।

मागप्रति नगरपालिकाका जनप्रतिनिधि गम्भीर नभए जस्तो सुकै संघर्षका कार्यक्रमसमेत थाल्ने जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिको पूर्णपाठ…

२०७६ असार २० गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :