बर्दिबास नगरपालिकाको मूलगेटमै कुकर बम

रामेछापमा बम भेटियो

महोत्तरी : नेकपाले महोत्तरीको बर्दिबास नगरपालिकाको मूलगेटमा कुकर बम राखेको जानकारी आएको छ । २.५ लिटरको उक्त कुकरमा विस्फोटक पदार्थ राखेर त्यसमाथि एउटा मोबाइलफोन जोडिएको समाचार छ । घटनास्थलमा बम निस्क्रिय बनाउने टोली गइरहेको समाचार छ ।

रामेछाप सदरमुकाममै बम, बन्दकर्ताद्वारा ट्रिपरमाथि आगजनी, यातायात ठप्प

सरकारले पार्टीका कार्यकर्ता तीर्थराज घिमिरे ‘राजु’को गोलीहानीहत्या गरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्द आह्वान गरेको दिन सोमबार रामेछाप जिल्लाको मन्थली नगरपालिका६ हात्तीटारमा आज बिहान ट्रिपरमा आगजनी भएको समाचार प्राप्त भएको छ । खुर्कोटबाट मन्थली जाने क्रममा ना ८ ख ३७७० नम्बरको ट्रिपरमा आगो लगाइएको समाचारमा जनाइएको छ । आगलागीबाट ट्रिपर जलेर ध्वस्त भएको छ ।

बिहानै ट्रिपरमा आगजानी भएपछि मन्थलीबाट राजधानी काठमाडौँ चल्ने सवारी साधन चल्न सकेका छैनन् ।

रामेछापमा बम भेटियो

रामेछापको मन्थलीनगरपालिका ६ हात्तीटारमा बम फेलापरेको छ । बिहान २ बजे फेलापरेको बम नेपाली सेनाले डिस्पोज गर्ने तयारी गरेको जनाइएको छ ।

सडकको दायाँबायाँ नै दुईवटा बम फेलापरेपछि लगत्तै डिस्पोज गर्न बम डिस्पोजल टोली परिचालन गरिएको थियो ।

२०७६ जेठ १३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :