सरकारी दमनप्रति तनहुँ जिल्लाद्वारा घोर भत्र्सना (विज्ञप्तिसहित)


काठमाडौं : केपी–प्रचण्ड समूहको सरकारले प्रतिबन्ध लगाएसँगै देशभर फासिवादी दमनलाई तिव्रता दिइरहेको र शान्तिपूर्ण राजनैतिक गतिविधिहरु हुन नदिन निरंकुश शैलीमा नेकपाका नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, झुठा मुद्दा लगाउने र राज्य आतंक मच्चाउने जस्ता फासिष्ट हर्कत झन्झन् बढाइरहेको बेला मंलगबार भानु नगरपालिकाको आमवोटेबाट जिल्ला सदस्य शिव शंकर अधिकारी र टेकबहादुर विकलाई विनाकारण प्रहरीले गिरफ्तार गरेकोप्रति बैशाख २५ गते तनहुँ जिल्ला इन्चार्ज पूर्णजीत पुन र सेक्रेटरी सुजनद्वारा एक विज्ञप्ति मार्फत घोर भत्र्सना गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी राष्ट्र र जनताको बीचमा लोकप्रिय बन्दै गएको कारण आज दलाल सरकार झन्झन् बहुलाउँदै गएको छ भने देश र जनताको माग अनुसार हाम्रो पार्टीले दलाल, भ्रष्ट, भूमाफिया, तस्कर तथा तमामखाले जनविरोधी तत्वहरुलाई कार्वाही गर्दै एकीकृत जनक्रान्तिद्वारा दलाल पुँजीवादी राज्यको खारेज गरी वैज्ञानिक समाजवाद स्थापना गर्न निरन्तर संघर्षशील रहेको विज्ञप्तिमा भनिएको छ ।

केपी–प्रचण्ड समूहको फासिवादी दमनले हाम्रो पार्टी नझुक्ने, बरु जनताको महान् तागतकासाथ दलाल संसदीय व्यवस्था ध्वस्त पार्ने, राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजीविकाको पक्षमा लडिरहेको नेकपामाथि राज्यद्वारा गरिएको प्रतिबन्ध, दमन, गिरफ्तार झुठामुद्दा र सबैखाले अराजनीतिक हर्कत विरुद्ध देशभक्त, प्रगतिशिल, वामपंन्थी, लोकतन्त्रवादी, मानवअधिकारवादी, बुद्धिजीवि, नागरिक समाज, समाजसेवी, पत्रकार, संघसंस्थाहरु र आम जनसमुदायहरुमा विज्ञप्तिमार्फत हार्दिक अनुरोध गरेको छ । विज्ञप्तिको पूर्णपाठ…

२०७६ वैशाख २५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :