धनगढीका पत्रकार आन्दोलीत


काठमाडौं : पत्रकार जनक विष्टमाथि सार्वजनिक ठाउँमै व्यापारिले कुटपीट गरेपछि कैलालीका पत्रकारकाहरु आन्दोलीत भएका छन् । पत्रकारहरुलाइ काम गर्ने बातावरण नभएको भन्दै उनीहरु आन्दोलीत बनेका हुन् । विष्टलाई आइतबार धनगढीको त्रिनगर माध्यामिक विद्यालयका प्रधानाध्यापकको कार्यकक्षमा बाहिरबाट आएका व्यापारी तेजेन्द्र थापाले कुटपिट गरेका थिए ।

सोमबार प्रेसमाथिको आक्रमण बन्द गर, पत्रकारलाई कुटनेलाई कार्यवाही गर, प्रेस स्वतन्त्राको ग्याण्टी गर, नारा लगाउँदै धनगढी पार्कमोडबाट सुरु भएको र्याली जिल्ला प्रशासन कार्यालय कैलालीमा पुगेर धर्नामा परिणत भएको थियो ।नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बमको नेतृत्वमा भएको विरोध आन्दोलनमा सशभागीहरुले प्रेसमाथि भएको आक्रमण गर्दा काम गर्ने वातावरण नभएको भन्दै जिल्ला प्रशासनसँग अपराधिलाई कानुनी कार्यावाही गर्नुपर्ने बताए ।कैलालीमा पत्रकारमाथि श्रंखृलावद्ध आक्रमण भएकाले राज्यले सुरक्षाको ग्यारेण्टी गर्न उनले माग गरे। पत्रकार विष्टलाई कुट्ने तेजेन्द्र थापा आइतबार प्रहरीले पक्राउ गरेको छ ।धर्नापछि कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पत्रकारको सुरक्षाको लागि राज्य गम्भीर भएको बताए । उनले प्रेसमाथि आक्रमण गर्ने जोसुकै भएपनि कानुन अनुसार कार्यवाही हुने विश्वास व्यक्त गरे ।

२०७६ वैशाख २५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :