नेपाल पत्रकार महासंघद्वारा जितेन्द्र महर्जनलाई अभिनन्दन्


काठमाडौ : जनपत्रकार संगठन, नेपाल काठमाडौंका संयोजक जितेन्द्र महर्जनलाई नेपाल पत्रकार महासंघले अभिनन्दन गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित ऐक्यवद्धता र्यालिपछि कोणसभामा महर्जनलाई महासंघले अभिनन्दन गरेको हो । उनी सर्वाेच्च अदालतको आदेशमा बैशाख १७ गते रिहा भएका थिए । अभिनन्दनपछि बोल्दै रिहाइकालागि पहल गर्ने नेपाल पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल लगायत सबैलाई धन्यवादसहित आभार प्रकट गरे । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा परेको भन्दै सबै एकजुट हुन आग्रह गरे ।

२०७६ वैशाख १८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :