नेकपाका युवा नेता भुजेल अदालत परिसरबाटै पुनः गिरफ्तार


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका ब्युराे सदस्य तथा युवा नेता सुर्य भुजेललाई प्रहरीले पुनः पक्राउ गरेको छ । बैशाख ६ गते सर्वोच्च अदालतले भुजेललाई रिहा गर्न आदेश गरेको थियो । न्यायाधीशहरु अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले शुक्रबार बन्दिप्रत्यक्षिकरण आदेश जारी गरेको हो ।

भुजेलका तर्फबाट पितकुमारी भुजेलले बन्दिप्रत्यक्षिकरणको मुद्दा दर्ता गराएकी थिइन् । महाशाखाले उनीमाथि कर्तव्य ज्यान र संगठित अपराध, विस्फोटक पदार्थ ऐनअन्तर्गतमुद्दा लगाएको थियो । तर सर्वोच्च अदालतको आदेशबाट रिहा भएका भुजेललाई अदालत परिसरबाटै प्रहरीले पुनः पक्राउ गरेको छ।

भुजेललाई प्रहरीले नख्खु एनसेल बमकाण्डमा उनको संलग्नता रहेको भन्दै पक्राउ गरेपनि युवा नेता भुजेलले आफ्नो सहभागिता नरहेको बताए छन् ।

२०७६ वैशाख ६ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :