नेकपाका नेताहरुलाई पक्राउबारे फिनल्यान्डको कम्युनिस्ट पार्टीद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं : द कम्युनिस्ट लिग अफ फिनल्यान्डले नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताको गिरफ्तारीको विरोध गर्नुका साथै तुरुन्त रिहाको माग गरेको छ । उक्त पार्टीका अध्यक्ष कालेवी वार्मान र परराष्ट्र मामिला सचिव जुहा केक्सीले संयुक्त हस्ताक्षर गरेको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा लेखेको पत्रमा भनिएको छ, नेकपाका कार्यकर्तालाई गिरफ्तार गर्नुको कुनै कानूनी आधार छैन । यसरी प्रतिबन्ध लगाउनु समाजवाद र मानवअधिकारको कानुनी र संवेदनशील उल्लघंन हो । फिनल्यान्ड कम्युनिस्ट लिग नेपाल कम्युनिस्ट पार्टीका गिरफ्तार गरिएका कार्यकर्ताको रिहाई गर्न उनीहरुमाथि अत्याचार रोक्न माग गर्दछ भनिएको छ ।

यसअघि नेकापामाथि लगाएको प्रतिबन्ध हटाउन र कार्यकर्तामाथिको धरपकड बन्द गर्न माग गर्दै कम्युनिस्ट पार्टी अस्ट्रेलियाले प्रधानमन्त्री ओलीलाई पत्र लेखेको थियो । विज्ञप्तिकाे पूर्णपाठ…

२०७६ वैशाख ६ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :