बन्दको दिन रुपन्देही र पाल्पामा शक्तिशाली बम विस्फोट, देशको विभिन्न ठाउँमा बम फेला

 काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सरकारी प्रतिबन्ध र पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन)लगायत नेताकार्यकर्ता गिरफ्तारी विरुद्ध आह्वान गरेको नेपाल बन्दको प्रभाव देशब्यापी रुपमा परेको छ । बन्दलाई अवज्ञा गरेको भन्दै ठाउँठाउँमा आगजनी समेत भएका समाचार प्राप्त भएका छन् ।

लुम्बिनीको प्रभावक्षेत्र रुपन्देहीमा ३ ठाउँमा विस्फोट भएको जनाइएको छ । बिहान ३ बजेतिर सैनामैनामा ठूलो आवाजसहित विस्फोट भयो, तेस्तै देवदहको धकधैइमा पनि बिहान ४ः३० बजेतिर ठूलो आवाज सहित विस्फोट भएको एक स्थानीयले बताएका छन् ।

 यस्तै यता भैरहवाबाट बुटवल तर्फ जाँदै गरेको यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको सुचना प्राप्त भएको छ, यता कन्चन गाउँपालिका परिसरमा बम फेला परेको छ भने प्रहरी त्यसतर्फ पुगेको छ । अहिले त्यसतर्फ डिस्पोजल टोलि जाँदै गरेको प्रहरीले जानकारी दिएको छ ।

रुपन्देहीको कोटीहवा नजीकै (टाईगर प्यालेस जाने बाटोमा) बम भेटीएर आर्मीको टोली द्वारा डीस्पोज गरेको सुचना प्राप्त भएको छ । यसबाहेक केही ठाउँहरुमा शंकास्पद बस्तुहरु फेला परेका छन्  

यस्तै यता पाल्पाको रिब्दिकोट गाउँपालिकाको कार्यालयमा पनि बम विस्फोट भएको समाचार छ ! विस्फोटले गाउपालिका भवनमा क्षति पुगेको छ भने, सिसाहरु सबै फुटेका एक प्रत्यक्षदर्शीले बताए ।

यता हिजै चौधरी उद्योगमा बम विस्फोट भएको नवलपरासी सुस्ता पुर्बमा पनि ठाउँठाउँमा बम फेला परेका छ्न् । बेल्डिया र रजहरको पुलनजिकै बम फेला परेको प्रहरीले जनाएको छ, डिस्पोजल टोलिले देखिएका बमहरु निस्कृय पारिरहेको छ ।

बन्दको पूर्व सन्ध्या तथा बुधबार बझाङको सदरमुकाम चैनपुरमा शक्तिशाली बम विस्फोट भएको थियो । नेकपा बझाङले मसाल जुलुस प्रदर्शन गरे लगत्तै विस्फोटको ठूलो आवाज आएको थियो । विस्फोटका क्षतिबारे कुनै जानकारी आएको छैन ।

त्यसैगरी पोखराको जिरो किमी नजिक टेपले बेरिएको शंकास्पद बस्तु फेला परेको समाचार प्राप्त भएको छ । त्यस्तै सर्लाहीको विभिन्न ठाउँमा बम फेला तथा पूर्वृपश्चिम राजमार्ग अवरुद्ध भएको समाचार प्राप्त भएको छ । सर्लाहीको लालबन्दीको फुलन्जर पुलमा सकास्मत बस्तु फेला परेको छ । त्यसैगरी  तनहुँकाे तनहुँ शुक्लागण्डकी–४, दुलेगौंडामा पनि भेटिएको शंकास्पद बस्तु फेला परेकाे समाचार छ। 

बन्दको कारण कलकारखाना, शैक्षिक संस्था, यातायात र व्यापार व्यवसाय सबै बन्द भएका छन् ।

२०७६ वैशाख ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :