केपीजी हिट्लर बन्न नखोज्नुस् पछि आत्महत्याको मौका समेत प्राप्त नहोला

प्रधानमन्त्रीलाई खुला पत्र

     

 सरकारका गतिबिधि एकपछि अर्को गदै निरन्तर विवादित बन्दै गईरहेका छन् । अझै नेपालका प्रधानमन्त्री केपी ओलीका उखान टुक्का मिश्रत भाषणहरु त् विवाद रहित हुनै सकेनन् । उनको टिका टिप्पणी गर्ने तरिका समस्या समाधानको दिशा दिनुभन्दा पनि समस्यालाई झन् बल्झाउने उद्देश्य सहितका हुने गरेको छन् । सरकार बनेको करिब एक वर्षको अन्तरालमा अनेक विषयहरु विवादित बने । सरकार निर्माणको केही समय नबित्दै कर प्रसादको उपनामले परिचित केपी ओली अनेकौ विवादका अवरोहहरु पार गर्दै यो अवस्थासम्म आइपुगेका छन् । उनले दुई तिहाईलाई हतियार बनाएर एकल बर्चस्व कायम गरेको देखिन्छ । अन्य पार्टीहरुसँगको सम्बन्ध बिग्रनु त स्वभाविक नै हो, तर आफ्नो पार्टी पङ्ती भित्र पनि उनको कार्यशैलीका कारण थुप्रै असन्तुष्टिहरु छताछुल्ल अवस्थामा देखिएका छन् । प्रायस उनले लिने गरेका निर्णयमा विपक्षीहरुले त सहुलीयत नदिने कुरालाई स्वभाविक रुपमा लिन सकिएला तर आफ्नै पार्टी भित्रका व्यवधानहरु झन् जटिल बन्दै गएका छन् । पार्टी भित्र छलफलको बाताबरणनै बन्न नसकेको अप्ठयारो परिस्थति केपी स्वयमको एकमनावादी चिन्तनशैलीका कारण सिर्जना भएको समस्या हो । उनी बेलाबखत प्रस्तुत हुने शैली देख्दा उनीभित्र एउटा सामान्ती प्रवृत्ति सुसुप्त रुपमा विकास हुँदै गरेको अनुमान लगाउन सकिन्छ । उनका अराजनीतिक प्रकारका कटाक्षपुर्ण अभिव्यक्तिहरुले कतै अप्रिय दुर्घटनाको संकेत त गर्दैन ? हेक्का राख्न जरुरी छ, लोकतन्त्रको मसिहा ठान्ने केपीको कार्यशैली पुरै अलोकतान्त्रीक मात्र होईन फाँसीवादी स्तरसम्मको देख्नसकिन्छ ।

फाँसीवादी हिटलर शैलीबाट शासन सत्ता सञ्चालन गर्ने मनसाय हो भने केपी जी तपाईलाई के सचेत बनाऔ भने कयौँ स्टालिनहरु तपाईको अगाडि पर्खाल बनेर उभिएका छन् । हिटलरको अन्त्यका लागि स्टालिन अनिवार्य पात्र हुनुहुन्थ्यो, इतिहासले त्यही जिवन्त घटना दुनियाँलाई छोडेर गएको छ । हिटलरको उदय पनि राष्टवाद र समाजवादकै आवरणमा भएको इतिहास जिउँदो छ । फाँसिवादको कुनै विचार हुदैन तर विचारको आवरणमा विकास हुन्छ । के कम्युनिस्टहरुको बदनाम गर्ने जिम्मेवारी सहित राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुद्धारा तपाँई परिचालित हुनु भएको हो । कम्युनिस्ट विचारको यदि केही मात्रामा पनि ज्ञान छ, भने एकचोटी सोच्नुहोस् त केपी के तपाँईलाई अझैपनि कम्युनिस्ट भन्न मिल्छ ? फुर्सद छ भने केही समय लगाएर कम्युनिस्ट घोषणापत्र पल्टाएर त हेर्नुहास्, तपाँईको जीवनशैली कम्युनिस्ट विचारधारा भन्दा कति माइल टाढा छ टाढा, नाप्ने यन्त्रले पनि काम गर्दैन्, तसर्थ तपाँईको हिटलरी स्वभावलाई बेलामै सच्याई धर्तीमा टेक्ने कासिस गर्नुहोस् हवाई गफद्वारा जनतालाई भुलभुलैयामा राखि निहित स्वार्थ पुरा गर्ने दुस्साहास नगर्नु नै हितकर हुनेछ । फुच्चे हिटलर बन्ने चाहना हो भने रामराम भन्न सकिएला काध थाप्न सकिदैन । हिटलरको विरुद्धमा हजारौ स्टालिनहरु पङतिबद्ध छन् । पावरवाला चस्माको लेन्स खराव छैन भने यथार्थ सबै छर्लङर्ग देखिन्छ । युगले स्टालिन जन्माइसकेको छ, केपी तिम्रो मति बेलैमा नसुध्रिएमा इतिहासले निर्मम फैसला लिन अनिवार्य हुन्छ। तुरुन्त बहिरगमनको यात्रा तय गर्नुहोस् पछि आत्महत्याको मौकापनि प्राप्त नहोला, ‘विनासकाले विपरीत बुद्धि’ भन्ने भनाई चरितार्थ नहोस् । शुभकामना ।। 

२०७५ चैत २५ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :