मोहन वैद्यले दिए ओली–प्रचण्ड सरकारलाई काउन्टर

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले सरकारले नेकपालाई प्रतिबन्ध लगाएर गम्भिर भूल गरेको बताएका छन् ।

नेकपालाई प्रतिबन्ध लगाउने केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’हरु कम्युनिस्ट हुनै नसक्ने वैद्यले ठोकुवा गरेका छन् ।
चैत २४ गते आइतबार काठमाडौंमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै वैद्यले वर्तमान सरकार देशीविदेशी प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको आरोप लगाएका थिए ।

कम्युनिस्टको नाममा प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको वर्तमान सरकारविरुद्ध अर्को जनवादी क्रान्ति गर्नुको विकल्प नरहेको बैद्यले बताए । महासचिव वैद्यले वर्तमान सरकार शोषित पीडित जनताको प्रतिनिधित्व गर्नै नसक्ने दावीसमेत गरेका थिए ।

२०७५ चैत २५ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :